काठमाडौँ-फ्राइडे रिलिज अन्तर्गत आज फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको छ । आज फिल्म जुध्न नआएपछि ‘अन्तिम संस्कार’ले एकल प्रदर्शनको अवसर पाएको हो ।
प्रदीप शाहीद्वारा निर्देशित फिल्म ‘अन्तिम संस्कार’ देशभर एकसाथ प्रदर्शनमा आएको हो ।
मर्डर मिस्ट्री (रहस्यमय हत्या)को कथामा निर्माण भएको फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, धर्मानन्द आचार्य, सुरज खालिङ, विकास अधिकारी, आईशा तामाङको अभिनय छ ।
जानकारी अनुसार, फिल्ममा विजय लामाको ‘न्यूड’ सिन समावेश छ ।






प्रतिक्रिया