अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 उपप्राध्यापक प्रेम चलाउनेले आज अनसन स्थगित गर्ने 

 उपप्राध्यापक प्रेम चलाउनेले आज अनसन स्थगित गर्ने 


काठमाडौँ-त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेले आजदेखि अनसन स्थगित गर्नुहुने भएको छ । 

हिजो सर्वोच्च अदालतले उहाँमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि आज अनसन स्थगित गर्नुहुने भएको हो ।

मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बस्नुभएको थियो ।  

जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।