अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

८ औं कान्तिपुर हिसान एडु फेयर पुनः सञ्चालन

८ औं कान्तिपुर हिसान एडु फेयर पुनः सञ्चालन


काठमाडौं-काठमाडौं महानगरपालिकाले बन्द गराएको ८ औं कान्तिपुर हिसान एडु फेयर पाटन उच्च अदालतबाट अनुमति पाएसँगै पुनः सञ्चालन भएको छ।
शुक्रवारबाट मेला शुरु भएको हो। शैक्षिक मेला असार ८, ९ र १० गते सञ्चालन हुनेछ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल ९हिसान० र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा भइरहेको मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिन सक्नेछन्।

मेलामा बोल्दै हिसानका उपाध्यक्ष एवं मेला संयोजक टंकराज आचार्यले जिज्ञासु विद्यार्थी र अभिभावकहरुलाई नेपालका शिक्षालय र तिनले प्रदान गर्ने गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउन मेला आयोजना गरिएको बताउनु भयो। उहाँले १० गतेसम्म चल्ने मेलामा ७५ भन्दा बढी शिक्षालय, विद्यालय, विश्वविद्यालयहरु सहभागी हुने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘आम रुपमा जिज्ञासु विद्यार्थी र अभिभावकहरुलाई नेपालका शिक्षालय र तिनले प्रदान गर्ने गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउन मेला आयोजना गरिएको छ । १० गतेसम्म चल्ने मेलामा ७५ भन्दा बढी शिक्षालय, विद्यालय, विश्वविद्यालयहरु यो मेलामा सहभागी हुनुहुन्छ। नेपालका शिक्षालयले प्रदान गर्ने गुणस्तरको बारेमा छलफल हुनेछ। नेपालमा नेपाली विद्यार्थीहरुलाई अड्याउन हामीले यो मेला आयोजना गरेका छौँ।’

गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो। आजबाट मेला पुनः सुचारु भएको छ।

Skip This