अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देशका सबै प्रदेशमा विहानै देखि वर्षा : कास्की र मकवानपुरका केही ठाउँमा भारी वर्षा हुने

आज देशका सबै प्रदेशमा विहानै देखि वर्षा : कास्की र मकवानपुरका केही ठाउँमा भारी वर्षा हुने


काठमाडौं – आज देशका सबै प्रदेशमा विहानै देखि वर्षात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर बदली भएको जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदूई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

विभागले दिएको जानकारी अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैगरी मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । कोखाजोर खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ । त्यसैले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन नेपाल फ्ल्ड अलर्टले जनाएको छ ।

कास्कीको पोखरा, छोमरोङ, जुम्लेटीलगायत क्षेत्रमा पनि भारी वर्षा भएको छ । मोदी खोला, मार्दी खोलालगायत सो क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ । तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।