अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकका पूर्वसभापति लामाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

सिन्धुपाल्चोकका पूर्वसभापति लामाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त


काठमाडौं-नेपाली कांग्रेसले कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । लामो समयदेखि क्यान्सर पीडित ६३ वर्षीय लामाको उपचारका क्रममा शुक्रबार राति १२ बजेर ४५ मिनेटमा वीर अस्पतालमा निधन भएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नुभएको छ, “नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति विकास लामाको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ। नेपाली कांग्रेस सिन्धुपाल्चोकको नेतृत्वदायी भूमिकामा रहेर पार्टीको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्‍याउनु भएको सक्रिय योगदानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”

स्वर्गीय लामाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बौद्धको तिनचुलेस्थित ह्याल्मो गुम्बामा राखिनेछ र भोलि (आइतबार) बिहान ११ बजे सोही गुम्बाबाट शवयात्रासहित काठमाडौंको जोरपाटीस्थित जम्बोडाडामा अन्त्येष्ठी गरिने कार्यक्रम रहेको छ । मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो।

वि.सं. २०१६ असोजमा जन्मनु भएका लामा ब्लड क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। केही समय अघि थाइलैण्डमा उपचार गराएर उहाँ नेपाल फर्कनु भएको थियो। स्वर्गीय लामाले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो। उहाँको निधनबाट पार्टीले एक होनाहार संगठनकर्तालाई गुमाएको छ र अपूरणीय क्षति पुगेको मुख्य सचिव पराजुलीको भनाइ छ ।

Skip This