काठमाडौं। भक्तपुर नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको ल्याएको छ।
नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गर्नु भएको हो।
भक्तपुरले बजेटमार्फत साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र कोसेली घर निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याएको छ। यस्तै भक्तपुरको लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैयाँ छुट्याएको छ। भक्तपुरले बजेटमार्फत आकाशे पानी संकलन गर्ने समेत घोषणा गरेको छ।
उपप्रमुख जोशीले खानेपानी व्यवस्थापन तथा आकाशे पानी संकलनको लागि १ करोड छुट्याएको बताउनु भयो।
खेलकुद अन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड छुट्याएको छ।






प्रतिक्रिया