काठमाडौं-सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रालय स्रोतका अनुसार घिमिरेको पद तथा गोपनीयताको शपथ केहीबेरमै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गराइने तयारी गरिएको छ।
यसअघि अध्यादेशमार्फत तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएपछि घिमिरेले निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। रिक्त रहेको अध्यक्ष पदमा अन्ततः सरकारले उनलाई स्थायी रूपमा नियुक्त गरेको हो।
घिमिरे प्राधिकरणमै लामो समयदेखि कार्यरत कर्मचारी हुन्। अध्यक्ष नियुक्त हुनुअघि उनी उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख तथा निमित्त अध्यक्षको भूमिकामा थिए।






प्रतिक्रिया