अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सञ्चारगृह अगाडि शंकास्पद गाडी पार्किङ प्रेस स्वतन्त्रतामाथिको प्रहार: एमाले प्रचार विभाग प्रमुख आचार्य

सञ्चारगृह अगाडि शंकास्पद गाडी पार्किङ प्रेस स्वतन्त्रतामाथिको प्रहार: एमाले प्रचार विभाग प्रमुख आचार्य


काठमाडौं-नेकपा (एमाले)का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीलाई काममा जान अवरोध सिर्जना गरिएको भन्दै भर्त्सना गरेका छन्।

आज बिहानैदेखि काठमाडौंको तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरस्थित अनलाइनखबर तथा मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारीसाधन तेर्स्याएर पत्रकारहरूको आवतजावत अवरुद्ध पारिएकोमा आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आपति प्रकट गरेका छन्। उनले उक्त घटनालाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहारको संज्ञा दिएका छन्।

आचार्यले समाचार संकलन तथा सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने तथा काममा अवरोध पुर्‍याउने घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ।

​’स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो। सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने र काममा अवरोध पुर्‍याउने यो निन्दनीय र रहस्यमय घटनाको  भर्त्सना गर्दछु’ आचार्यले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले दोषीमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेक छन्। आचार्यले नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूप्रति पूर्ण समर्थन रहेको पनि जनाएका छन्।

Skip This