अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति गगन थापाको निवास अगाडि पनि शङ्कास्पद गाडी पार्किङ

सभापति गगन थापाको निवास अगाडि पनि शङ्कास्पद गाडी पार्किङ


काठमाडौं-नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको पाइएको छ।

स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सोमबार बिहानदेखि सभापति थापाको निवासअगाडि राखिएको हो। उक्त गाडीका कारण बाइकसमेत सहज रूपमा आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको बताइएको छ।

प्रत्यक्षदर्शीहरूले चालकले गाडी पार्किङ गरेपछि नेपाल प्रहरीको गाडी चढेर त्यहाँबाट गएको दाबी गरेका छन्।

हाल उक्त गाडी किन र कसले त्यहाँ पार्किङ गरेको हो भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक भएको छैन। स्थानीयले घटनाप्रति चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग छानबिनको माग गरेका छन्।

Skip This