अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युक्रेनमा रुसी हमला, चार जनाको मृत्यु 

युक्रेनमा रुसी हमला, चार जनाको मृत्यु 


कीभ-पूर्वी युक्रेनको क्रामाटोर्स्क  सहरमा रुसी क्षेप्यास्त्र हमलामा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार मंगलबार गरिएको हमलामा क्षेप्यास्त्र एउटा रेस्टुरेन्ट र सपिङ सेन्टरमा परेको थियो ।

यो सहर हाल युक्रेनको नियन्त्रणमा रहे पनि यो रुसी नियन्त्रित क्षेत्रको नजिक रहेको छ । अधिकारीहरूका अनुसार मानिसहरू भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धार कार्य जारी राखिएको छ ।

मारिनेमा एकजना १७ वर्षीया किशोरीसमेत रहेकी छन् । स्थानीय समयअनुसार साँझ साढे ७ बजे यो हमला भएको थियो । हमला गरिएको स्थानमा अपार्टमेन्टहरू पनि रहेका थिए । 

सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरमा भवनहरूमा व्यापक क्षति पुगेको देखिएको छ । अधिकारीहरूले घटनामा कम्तीमा ४० जना घाइते भएका छन् । यसमा ८ महिनाको शिशु र तीनजना विदेशी रहेका छन् ।-एजेन्सी

Skip This