अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फ्रान्समा प्रहरीले गोली हानेका किशोरको पाँच दिनपछि गरियो अन्तिम संस्कार

फ्रान्समा प्रहरीले गोली हानेका किशोरको पाँच दिनपछि गरियो अन्तिम संस्कार


पेरिस-फ्रान्सेली सहर नान्तेरेमा प्रहरी अधिकारीले गोली हानेका १७ वर्षीय किशोर नाहेलको अन्तिम संस्कार गरिएको छ । 

नाहेलको अन्त्येष्टिमा ठुलो सङ्ख्यामा युवाहरूको सहभागिता थियो  । मिडिया रिपोर्टका अनुसार सयौँ युवाहरूको समूह मस्जिदबाट चिहानमा गएका थिए । यस अवधिमा मानिसहरूले ‘जस्टिस फर नाहेल’ छापिएको शर्ट लगाएका थिए।

गत जुन २७ मा अल्जेरियन मूलका १७ वर्षीय नाहेललाई पेरिसको उपनगर नान्तेरेमा एक प्रहरी अधिकारीले गोली हानेर हत्या गरेका थिए । नाहेलले कार चलाउँदै थिए, ट्राफिक सिग्नलमा रोकिँदा प्रहरी अधिकृतले उनको पछि लागे र छातीमा गोली हाने । नाहेलको हत्या गर्ने प्रहरी अधिकारी पछि पक्राउ परेका थिए ।

नाहेलको हत्यापछि फ्रान्सभर विरोध प्रदर्शन र दङ्गा भइरहेको छ । प्रदर्शनकारीहरूले सरकारी टाउन हल, विद्यालय र प्रहरी चौकीका साथै सुपर मार्केट जस्ता अन्य भवनहरूलाई पनि निशाना बनाइरहेका छन् । साथै सयौँ सवारी साधनमा आगजनी गरिएको छ । 

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार दङ्गामा संलग्न रहेको आरोपमा १ हजार ३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।-एजेन्सी

Skip This