अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसइईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

एसइईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय


काठमाडौँ-राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१० को परीक्षा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ।

आज बसेको बोर्ड बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। 

सहायक परीक्षा नियन्त्रक भक्तबहादुर गोदारले आजै नतिजा प्रकाशन गर्ने निर्णय गरिएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिले निर्णय लेख्ने काम भइरहेको छ। यसमा सरहरूले हस्ताक्षर गर्नुहुन्छ। अनि नतिजा प्रकाशन गरिन्छ।’

बोर्ड बैठकपछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजिनक गरिने बोर्डले जनाएको छ।  गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए।