अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको आग्रहपछि तमिम इकबालको संन्यास फिर्ता

प्रधानमन्त्रीको आग्रहपछि तमिम इकबालको संन्यास फिर्ता


काठमाडौँ–बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको संन्यास फिर्ता लिएका छन्।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग शुक्रबार भेट गरेपछि इकबालले संन्यास फिर्ता गरेका हुन्। शुक्रबार अपरान्ह इकबालले प्रधानमन्त्री निवास ढाकामा हसिनासँग भेट गरेका थिए। भेटमा प्रधानमन्त्रीले संन्यासबारे पुनर्विचार गर्न आग्रह गरेकी थिइन्। 

यसअघि तमिमले बिहीबार अप्रत्यासित रुपमा संन्यासको घोषणा गरेका थिए। उनको अप्रत्यासित संन्यासको घोषणापछि बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले भेट गर्न खोजेका थिए। तर इकबालले मानेका थिएनन्।

बंगलादेशका पूर्वकप्तान मोर्ताजाको पहलपछि इकबालले बोर्डका अध्यक्ष तथा प्रधानमन्त्रीलाई भेट गरेका थिए। मोर्ताजा हाल सांसद छन्। 

बंगलादेशको एकदिवसीय कप्तानको भूमीकामा रहेका इकबालले भारतमा विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट गत बिहीबार संन्यास लिने घोषणा गरेका थिए। 

१६ वर्षको अन्तर्राष्ट्रिय करियर अन्त्य गर्दा पत्रकारको भीडले घेरिएका तमिम अत्यन्त भावुक तथा आँखा भरी आँसु पारेका थिए।

बंगलादेश अफगानिस्तानसँको तीन एकदिवसीयको पहिलो खेलमा पराजित भएको एक दिनपछि उनले संन्यासको घोषणा गरेका थिए। 

३४ वर्षीय तमिमले गत वर्ष यहि समयमा टी–२० बाट संन्यास लिएका थिए । उनको पछिल्लो टेस्ट अप्रिलमा आयरल्याण्डविरुद्ध थियो।

तमिमले फेब्रुअरी २००७ मा आफ्नो एकदिवसीय डेब्यूको साथ आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गरे र वेस्ट इन्डिजमा भएको विश्वकपमा भारत विरुद्ध बंगलादेशको ऐतिहासिक जितमा अर्धशतक बनाए। उनले आफ्नो देशका लागि सबैभन्दा धेरै एकदिवसीय रन (८३१३) र शतक (१४) बनाएका छन्, र विराट कोहली र रोहित शर्मा पछि हालका क्रिकेटरहरूमध्ये तेस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्।

टेस्ट ब्याट्सम्यानको रूपमा, तमिमले ५१३४ रन बनाए – बंगलादेशका लागि दोस्रो उच्च – ३८.८९ को औसतमा, ७० खेलमा १० शतक  प्रहार गरे। 

एकदिवसीय कप्तानको रूपमा तमिमले बंगलादेशको सफल मानिएका कप्तान मोर्तजाको तुलनामा थोरै बढी जित हासिल गरेका छन्।

तमिमले कप्तानको रूपमा ३७ ओडीआई मध्ये २१ जितेका छन्, र उनले अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्वकपका लागि छनोट गराउने क्रममा सुपर लिगमा बंगलादेशलाई तेस्रो स्थान दिलाउन सफल भए। उनले सन् २०१७ मा न्युजिल्याण्ड विरुद्धको एक टेस्ट खेलमा बंगलादेशको कप्तानी समेत गरेका थिए।-एजेन्सी