अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन प्रकरणबारे महेश बस्नेतको प्रश्न: ‘यो सेटिङ्ग हो कि लापर्बाही हो सरकार ?’

सुन प्रकरणबारे महेश बस्नेतको प्रश्न: ‘यो सेटिङ्ग हो कि लापर्बाही हो सरकार ?’


काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले सरकारले लापर्बाही गर्दा एक क्विन्टल सुन तस्करी प्रकरणका दोषी र संलग्नहरू भाग्न सफल भएको बताउनु भएको छ।

सरकारले दोषी पक्रिने कुरामा आवश्यकता अनुरूपको चासो नदेखाउँदा उनीहरू भाग्न सफल भएको नेता बस्नेतले बताउनु भयो । यो सरकारको सेटिङ हो कि लापर्बाही हो भन्दै उहाँले प्रश्न समेत गर्नुभयो।

नेता बस्नेतले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’ मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया हुन् । जसलाई राजस्व अनुसन्धान विभागले खोजिरहेको थियो। तर, सुन बरामद भएको एक सातापछि मात्र बुधबार साँझ कमलपोखरीस्थित उनको घरमा राजस्वले छापा मार्‍यो तर उनी फेला परेनन्,’ न्, ‘उनी मात्र होइन, सुन बरामद भएपछि उनका छोरा पनि भागेर दिल्ली पुगेको अुसन्धान स्रोतको दाबी छ। हङकङबाट गत मंगलबार नेपालमा सुन भित्र्याउने कार्यमा संलग्नता रहेको देखिए पनि बेलैमा खोजबिन नगर्दा उनी फरार हुने अवस्था आएको हो। संलग्न यस्ता धेरै व्यक्तिहरू फरार भएको हुन सक्छन !’

Skip This