अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मानव बेचबिखनको स्वरुप बदलियो

मानव बेचबिखनको स्वरुप बदलियो


पृष्ठभूमि

हरेक वर्षझैँ ३० जुलाईको दिन संयुक्त राष्ट्र संघले “Reach every Victim of trafficking, leave no one behind” भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्व भरी मनाइरहेको छ ।  यस नाराले ‘ बेचबिखनका प्रत्येक पीडितसम्म पुग्नुहोस्, कसैलाई पनि पछाडि नछोड्नुहोस् ’ भन्ने ध्येयका साथ यो गम्भीर समस्याको समाधान गर्न विश्व जनमानसको ध्यानाकर्षण गराउन यो दिवस मनाइरहेको छ । मानव बेचबिखनलाई गम्भीर अपराधको रुपमा लिएको छ । यो समस्याबाट विश्वका प्रायः सबै मुलुक ग्रसित छन् । 

परिचय

मानव बेचबिखन परम्परादेखि नै कुन न कुनै रुपले हुँदै आएको एउटा जघन्य र निन्दनीय अपराध हो, जसमा एउटा मानवले आफू जस्तै अर्को मानवका विरुद्ध विभिन्न प्रकारले शोषण, हैरानी, दुर्व्यवहार, फाइदा, अपमान, विभिन्न अमानवीय, अशोभनीय र गैह्र कानूनी व्यवहार गर्दछ । यो मानव अधिकार र मानव सम्मान एवं प्रतिष्ठाको गम्भीर उल्लङ्घन हो । मानव बेचबिखनले व्यक्तिको आत्मसम्मान र स्वतन्त्रताका साथै बहुआयामिक मानव अधिकारको उल्लङ्घन गर्दछ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को परिच्छेद–२,  को ४ (१ र २) मा भएको व्यवस्था अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानून बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने, वेश्यागमन गर्ने जस्ता कार्य गरेमा मानव बेचबिखन गरेको मानिने छ भने किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्क्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने जस्ता कार्य गरेमा ओसारपसार गरेको मानिने छ भनी परिभाषित गरेको छ । 

किन हुन्छ मानव बेचबिखन ?

मानव बेचबिखन एउटा जघन्य अपराध हो भन्ने थाह हुँदाहुँदै पनि दलालहरूले वेश्यावृत्तिमा लगाउन, श्रम शोषण गर्न, जबरजस्ती सशस्त्र युद्धमा प्रयोग गर्न, अश्लील फिल्म निर्माण गर्न, सर्कसमा प्रयोग गर्न, विवाहको उद्देश्यले, लागु औषध ओसारपसार गराउन, अवैध हातहतियारको कारोबारका लागी, अन्य गैरकानुनी कार्यहरु गराउन, दासत्वमा लगाउन, मानव अंग झिक्न आदिका लागि मानव बेचबिखन गरिन्छ । 

कसरी हुन्छ मानव बेचबिखन र ओसार पसार 

मानव बेचबिखन विरुद्धमा सरकार र सम्बन्धित निकायले जति पहल ग¥यो मानव तस्करहरूले त्यति त्यति नै मानव बेचबिखन गर्ने त्यति त्यति नयाँ उपायहरु अपनाउँन खोज्छन् । मानव बेचबिखन रोकथाम तथा ओसार पसार गर्न तस्करहरूले प्रलोभनमा पार्ने, छलकपट गर्ने, भ्रमणको बहाना, रोजगारी  उपलब्ध गराउने,  नक्कली विवाह गर्ने,  औषधी प्रयोग गरी (लठ्याएर), अन्तर्देशीय विवाह आदि माध्यम वा बहानामा मानव बेचबिखन हुने गरेको पाइन्छ ।

मानव बेचबिखनको अवस्था 

नेपालमा मानव बेचबिखनको अवस्था भयावह समस्याको रुपमा विकसित हुँदै आइरहेको छ । पछिल्लो समय विदेशी नागरिकसँग विवाह गर्ने महिलाहरुपनि बेचबिखनको उच्च जोखिममा रहेको पाइन्छ । नेपाली महिलाहरु विवाह गर्ने सवालमा अहिले चाइनिज नागरिकहरु अग्रपंक्तिमा छन् । उनीहरु विवाहको बहानामा महिलाहरुलाई खोज्दै नेपाल आउँछन् र विवाहको नाटक गरेर धेरै महिलाहरुलाई यौन शोषण गरी यातना दिने गरेको घटनाको उजुरी भर्खरै प्रहरी कार्यालयमा दर्ता भएको छ । भारत, चीन लगायत विदेशी देशका पुरुषहरुसँग महिलाले विवाह गर्ने प्रचलन बढेको छ । विदेशी नागरिकसँग विवाह गर्दा कस्ता सावधानी अपनाउनु पर्छ वा कस्ता कानुनी प्रक्रिया पुरा गर्नुपर्छ भन्ने सवालमा राज्यसँग मजबुद र स्पष्ट दृष्टिकोण र कानुन नभएका कारण नेपालका चेलीबेटीको सुरक्षामा थप चुनौती बढेको छ । विवाहित महिला स्वयले पनि आफूले विवाह गर्न लागेको पुरुषको वास्तविक अवस्था नबुझी विवाह गर्दा बेचबिखन र यौन शोषणको उच्च जोखिममा रहेका छन् । विवाहको नाटक गरी विदेश लाने अधिकांश पुरुषहरुको उद्देश्य यौन शोषण र वेश्यावृत्तिमा लगाउने गरेको पाइन्छ । 

यसको अतिरिक्त केन्या, रुवाण्डा, दुबई, कतार, मलेसिया जस्ता देशमा महिलाहरुलाई घरेलु कामदारको रुपमा लगेर वेश्यावृत्ति, यौनशोषण र बन्धक बनाएर राखेका घटनाहरु सार्वजनिक भइरहेका छन् । म्यान्मार थाइल्याण्ड जस्ता देशहरुमा  काम लगाउने बहानामा नेपाली महिलालाई पु¥याई उनीहरुमाथि अत्यधिक यौन शोषण र यातना दिएको कारण ती देशहरुमा नजान र नपठाउन नेपाल सरकारले सम्बन्धित सबैलाई निर्देशन र सूचना जारी गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन २०७९ मा उल्लेख गरे अनुसार गत आ. व. २०७८/०७९ मा सर्वोच्च अदालतमा मानव बेचबिखनमा ४०२, उच्च अदालतहरुमा मानव बेचबिखन सम्बन्धी ६१७, जिल्ला अदालतहरुमा मानव बेचबिखन सम्बन्धी ७६०, वटा गरी जम्मा १७७९ वटा मुद्दाहरुको बहस पैरवी भएको पाइन्छ, । गैर सरकारी संस्था माइती नेपालका अनुसार सन् २०१९/२०२० मा १०००० जनालाई सीमा नाकामा निगरानी तथा उद्धार मार्फत सेवा प्रदान गरेको पाइएको छ भने ८००० जनालाई पुर्नस्थापना गृह सम्बन्धी सेवा प्रदान गरेको पाइएको छ ।

युएनओडिसीको मानव बेचबिखन सम्बन्धी विश्वव्यापी प्रतिवेदन २०२० अनुसार आर्थिक अवस्था कमजोर भएका तथा आर्थिक आवश्यकता भएका ५१ प्रतिशत, अव्यवस्थित परिवारसँग रहेका बालबालिका २० प्रतिशत, मानव तस्करहरुसँग नजिकको सम्बन्ध भएका व्यक्तिहरु १३ प्रतिशत, मानसिकरुपमा अस्वस्थ व्यक्ति १० प्रतिशत, आप्रवासनमा रहेका १० प्रतिशत, अभिभावकको संरक्षणमा नरहेका ९ प्रतिशत, न्यून शिक्षा तथा न्यून वैदेशिक भाषाज्ञान भएका ६ प्रतिशत, शारीरिक अपाङ्ग ३ प्रतिशत व्यक्तिहरु मानव बेचबिखनको उच्च जोखिममा रहेका छन् । यस्तै उक्त प्रतिवेदनले ५० प्रतिशत यौन शोषण, ३८ प्रतिशत जबरजस्ती श्रम, ६ प्रतिशत आपराधिक क्रियाकलापमा संलग्न गराउन, १ं५ प्रतिशत मगन्ते, १ प्रतिशत जबरजस्ती विवाह, १ प्रतिशत मिश्रित रुपमा तथा न्यून रुपमा बच्चाको व्यापार, मानव अङ्ग झिक्ने तथा अन्य कार्यहरुका लागी मानिसहरु मानव बेचबिखन तथा ओसारपसारमा पर्ने गरेका कुरा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन २०७९ मा उल्लेख गरेको छ ।

झापा जिल्लाका सीमा निगरानी केन्द्रमा विशेष गरी १६ वर्ष देखि २५ वर्षसम्मका धेरैजसो किशोरकिशोरी र युवा पुस्ताहरु नेटवर्क बिजनेसका लागि भनी भारत जाने प्रवृत्ति बढेको छ । उनीहरुलाई सीमामा रोकेर सोधपुक्ष गर्न लाग्दा “मलाई तपाईँलाई जस्तै जागिर दिनु, घरको ऋण तिरिदिनु भनी रिसाउँछन् । 

मानव बेचबिखनका कारणहरु

मुख्यगरी आर्थिक अवस्था कमजोर भएका, परिवार तथा समाजबाट एक्लाइएका तथा पारिवारिक हिंसा तथा अन्य हिंसामा रहेका व्यक्तिहरु मानव बेचबिखनको उच्च जोखिम अवस्थामा रहेका हुन्छन् । घरेलु हिंसा महिलाहरू बेचिने अर्को कारण हो । घरमा श्रीमान् र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुन्छन् ।  हिंसामा परेकाहरू सधैँ अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडै त्यस्ता दलालको पञ्जामा पर्छन् । आधुनिक सुविधाको उपभोग गर्ने रहर र धन कमाउने विदेश घुम्ने रहर पूरा गर्ने लालसाले गर्दा पनि बेचिन पुगेका छन् । यसको साथै बसाइसराइ, बढी नाफाको व्यापार, भारतसँगको खुला सिमाना, विश्वव्यापीकरण, छिटो पैसा कमाउने माध्यम, अवैध वैदेशिक रोजगार, चेतनाको कमी, अपराधीको न्यून पहिचान र कारबाही आदि कारणले मानव बेचबिखनका घटनाहरु दिन प्रतिदिन बढी रहेका छन् ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न हुन सक्ने व्यक्तिहरु

मानव बेचबिखन हुने सम्भावना अपरिचित र अनजानको व्यक्तिबाट एकदमै कम हुन्छ । यस्ता क्रियाकलापमा स्थानीय दलाल, परिवारका सदस्य तथा नातेदार, अन्य देशका दलाल, वेश्यावृत्तिमा संलग्न स्थानीय व्यक्ति, कारखाना तथा काम गर्ने ठाउँमा कार्यरत व्यक्ति, साथीसंगति, वेश्यालय संचालक र त्यसमा कार्यरत व्यक्तिहरु, मानव अंग कारोबारीहरू, सर्कस संचालकहरु, डान्स रेष्टुरेण्ट तथा मसाज पार्लर संचालकहरु आदिको सम्लग्नता हुने गरेको अध्ययनले बताएका छन् ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका चुनौती तथा बाधाहरू ?

मानव बेचबिखनमा संलग्न व्यक्तिहरु तालिम प्राप्त हुन्छन् जहाँ जहाँ निगरानीको उपस्थिति हुँदैन त्यहाँको बाटो प्रयोग गरेको हुन्छ । मुख्य नाकाबाट जाँदा सबै निगरानी केन्द्र छलेर रिक्सा, एम्बुलेन्स, गलत मेडिकल प्रेसक्रिप्सन प्रयोग गरेर जान्छन् । प्रायः जसो मानव बेचबिखनको घटनामा सीमा कटाउँदा नक्कली अभिभावक बनेर, अर्कैको नागरिकतामा आफ्नो फोटो राख्ने प्रवृत्ति रहेको छ । खुला सीमाना, परम्परागत सम्बन्ध, पारिवारिक, सांस्कृतिक तथा भौगोलिक निकटता र विद्यमान कानुनी व्यवस्थाले दुई देशबिचको आवतजावतलाई नियमन गर्ने कार्य चुनौतीपूर्ण देखिन्छ । यही सहजताको दुरुपयोग गरी नेपालीहरु ठूलो सङ्ख्यामा भारतीय बजारमा बेचिन पुग्दछन् । दुवै देशको सीमानामा सीमा सुरक्षा र नियमनका लागि उल्लेख्य मात्रामा चेकपोष्टको व्यवस्था र सुरक्षाकर्मी परिचालन गरिए तापनि मानव बेचबिखन नियन्त्रणमा निकै चुनौती रहेको छ ।

मानव बेचबिखन नियन्त्रण गर्न गिरोहका सामु त्यसलाई रोक्ने निकायहरू प्राय ः असफल हुँदै आएको जस्तो देखिँदै छ । मानव तस्करी र बेचबिखन संगठित योजनाअनुसार हुने गर्छ ।  बेच्ने गिरोहले बेचिनेलाई फरक÷फरक लालच दिएका हुन्छन् ।  पीडितलाई हिजोजस्तो वेश्यालयमा नै पुर्यााउनुपर्छ भन्ने छैन । अहिले मानव बेचबिखन अपराधको प्रवृत्तिमा फरक आएको छ । खासगरी किशोरीहरुलाई  डान्स बार, क्याबिन रेष्टुरेन्ट लगायतमा पनि बेचिन्छन् ।  विवाह गरेको नाटक गरी विदेश पु¥याउने पनि गरिन्छ । सरोगेट मदरको रुपमा पनि बेचिएका छन् ।  छाला झिक्ने र किड्नी लगायतका अंग झिक्न पनि बेचिएका छन् । स्वदशमै वा वैदेशिक रोजगारीको लालचमा पनि बेचिन्छन् ।

मानव बेचबिखन नियन्त्रणका चुनौतीहरुमा आफू बेचिएको भन्ने जानकारी नहुनु, आधुनिक जीवनशैली प्रतिको मोह, प्रविधिको गलत प्रयोग गर्नु, अशिक्षा,गरिबी र बेरोजगारीको कारण, अन्तरदेशिय प्रवृत्तिको अपराध भएको हुँदा आपराधिक कार्यलाई दण्डित गर्न कठिनाइ हुने, संगठित रुपमा गरिने अपराध भएको हुँदा संजाल पहिचान गर्न कठिनाइ, वैदेशिक रोजगार प्रतिको मोह, पर्याप्त ऐन कानुन नहुनु आदि रहेका छन् । उसको अतिरिक्त आधुनिकीकरणसँगै मानव बेच्ने स्वरुपहरू बदलिएका छन् । मानव तस्करीको जालो विश्वभरि नै फैलिएको छ । सबै सेटिंग संगठित जालोले पहिला नै तय गर्छ । संगठित अपराधीसम्म अनुसन्धान पुग्न नसक्नु प्रमुख चुनौती तथा वाधा रहेको छ ।

मानव बेचबिखन न्यूनीकरणका उपायहरू

नेपाल मानव बेचबिखनको स्रोत, मार्ग (माध्यम) र गन्तव्य मुलुकको रूपमा विकास भएको छ । बेचबिखनका उद्देश्य, बेचबिखनकर्ताले प्रयोग गर्ने विधि, बेचबिखनका क्षेत्र आदिमा परिवर्तन हुँदै आएका छन् । त्यसैले यो गम्भीर विषयमा मानव बेचबिखन तथा ओसारपसारलाई रोकथाम गर्न तीनै तहका सरकार का साथै नागरिक समाज, अधिकारकर्मी, सञ्चारमाध्यम र परिवारको समेत अहम् भूमिका हुने हुँदा सबैबीच सहकार्य र समन्वय आवश्यक छ । मानव बेचबिखन तथा ओसारपसार अन्तर्राष्ट्रिय स्तरमा समेत हुने हुँदा अन्य मुलुकसँग समेत सहकार्य गरी पीडितलाई न्याय र पुनर्स्थापना गराउनु आवश्यक हुन्छ ।

विश्वकै प्रमुख तीन अपराध मध्येको एक अपराध मानिने यस अपराधलाई नियन्त्रण गर्न समाजमा चेतना फैलाउने,  पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरूलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउनु पर्ने, रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरका बारेमा जानकारी गराउने, व्यक्तिगत तवरबाट आफू सचेत रही परिवार र साथीहरू सबैलाई सचेतना फैलाउने, शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको बारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्बन्धित निकायसँग समन्वय गर्ने, सामूहिक रूपमा मानव बेचबिखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानव बेचबिखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, र्‍याली, घरदैलो जस्ता कार्यक्रमहरू गर्ने, मानव बेचबिखनविरुद्ध क्रियाशील सरकारी र गैर सरकारी संघ–संस्थाहरूसँग समन्वय गर्ने, पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने,  हिंसामा परेका पीडित प्रभावितलाई आत्म सम्मानपूर्वक बाँच्न पाउने वातावरण सृजना गर्दै पुनर्स्थापनाका लागि क्रियाशील रहने, गैर नेपाली आवासीय संघसँग मिलेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई विशेष ज्ञान, सीप र सुविधा दिने, सीमा नाकाहरुमा संघ संस्था र नागरिक समाजसँग मिलेर निगरानी प्रभावकारी बनाउनु पर्ने, अनुसन्धान पद्धतिमा व्यापक सुधार गरी विज्ञ समूह खडा गर्ने र विशेष अनुसन्धान पद्धति लागू गरिनु  आदि रहेका छन् 

यसका साथै विदेशमा मानव बेचबिखनको जोखिममा रहेका नेपालीहरुको उद्धारको लागि “इन्टरपोल” सँग समन्वय गरी सीमा क्षेत्रका प्रवेश नाकाहरुमा विशेष सतर्कता, चेकजाँच, गर्ने,  अत्यधिक वैदेशिक रोजगारीमा जाने जिल्लाहरूमा विशेष निगरानी र मानव बेचबिखन सम्बन्धी सचेतना अभिवृद्धि गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा सरोकारवालाहरूसँग समन्वय, सहकार्य र मानव बेचबिखनका सम्भाव्य पीडितहरूको पहिचान गरी उद्धार गर्ने र 

देशभर मानव बेचबिखनका जोखिम र प्रभावहरूबारे व्यापक जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन आदि यसका नियन्त्रणका उपायहरू हुन ।

अन्त्यमा, आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धर्तीमा फस्टाउँदै जानु कथित सभ्य समाजको कलंक हो । विश्वभरी फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरु मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रूपमा दर्ज भएको छ । नेपाल सरकारले दिगो विकास लक्ष्य २०३० को लक्ष्य नं. ५.२ मा मानव बेचबिखन र यौन शोषण सहित सार्वजनिक र निजी क्षेत्रमा महिला, बालिका, किशोरीमाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गर्ने प्रतिबद्धता समेत जनाएको छ । सन् २१०० सम्ममा बालबालिका तथा किशोरकिशोरीलाई सबै प्रकारको हिंसा, दुर्व्यवहार र शोषणबाट मुक्त गराउँदै उनीहरुको हक अधिकार संरक्षण तथा प्रबद्र्वन गर्ने, मानव बेचबिखन तथा ओसार–पसारको जोखिममा रहेका समूह/समुदायको सामाजिक–आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको छ ।  तर बढ्दो घटना क्रमले राज्यलाई समस्या समाधानमा समेत चुनौती थपिएको छ ।

यस अपराधको संगठित जालो तोड्नु नै आजको मुख्य आवश्यकता हो । गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक जागिरको प्रलोभनमा त कतिलाई विवाहवारीको मायाजालमा पारेर मानव बेचबिखन र तस्करीका घटना बग्रेल्ती मात्रामा भेटिने गरेका छन् । 

नागरिकको अधिकारको संरक्षण, संवद्र्वन र परिपूरण गर्नुपर्ने राज्यको दायित्व हो । नागरिकको संरक्षणमा राज्यका कुनै पनि निकायहरू आफ्नो दायित्वबाट पञ्छिनु भनेको मानव अधिकारको उल्लङ्घन हुनु हो । त्यसैले यो गम्भीर समस्या समाधानका लागि तीनै तहका सरकार र तीनका अङ्गहरु, राजनैतिक दल, नागरिक समाज, जनप्रतिनिधि, परिवारका सदस्यहरु र आम सञ्चार माध्यमको समन्वय र सहकार्यको साथै द्वदेशीय र त्रिपक्षीय सम्बन्ध विस्तार र सहकार्यको माध्यमबाट  ध्यान जाओस् शुभकामना । 

लेखक नारी सञ्चार गृह, झापा

संस्थापक अध्यक्ष हुनुहुन्छ ।