अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला शिक्षा राख्ने विधेयक पास हुन नदिने देवकोटाको चेतावनी

जिल्ला शिक्षा राख्ने विधेयक पास हुन नदिने देवकोटाको चेतावनी


काठमाडौँ-राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले शिक्षा मन्त्रालयले सङ्घीयता विरोधी जिल्ला शिक्षा कार्यालय राख्ने विधेयक कुनै हालतमा पास गर्न नदिने चेतावनी दिनु भएको छ।

‘सरकारले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेर ठूलो उपलब्धि ठानेको होला । सङ्घीयता विरोधी यो प्रावधानलाई कुनै पनि हालतमा संसदबाट पास गर्न दिइने छैन’, सांसद देवकोटाले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘भुईँको टिप्न खोज्दा खल्तीको नपोखिएला भन्न सकिन्न मन्त्रालयको बेलैमा ध्यान जाओस् ।’ 

उहाँले संविधानले चिनेको र संविधानले नै काम कर्तव्य अधिकार दिएको जिल्ला समन्वय समितिको बेहाल रहेका बेला जिल्लामा संरचनाहरू राख्नु भनेको स्रोत र साधनको दुरुपयोग हुनु मात्र भएको बताउनु भयो । उहाँले भन्नुहुन्छ, ‘जिल्लामा संरचनाहरु राख्नु भनेको स्रोत र साधनको दुरुपयोग हुनु मात्र हो। थप उपलब्धि केही पनि हुने छैन र हुँदैन।’

Skip This