अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगनको निर्वाचन क्षेत्र कपनमा बालेनको डोजर, स्थानीय आन्दोलित

गगनको निर्वाचन क्षेत्र कपनमा बालेनको डोजर, स्थानीय आन्दोलित


काठमाडौँ-काठमाडौं महानगरपालिका-७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन डोजरसहित काठमाडौं महानगरपालिकाको प्रहरीको टोली कपन साततले पुगेको छ।

बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाको सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन लागेको हो । खोलामाथिको स्ल्याब हटाउन डोजरसहित महानगरको नगर प्रहरीको टोली पुगेको हो ।

स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी कपनका स्थानीयबीच झडप भएको छ । महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न गएको भन्दै स्थानीयले विरोध गरेका हुन् । स्थानीयहरुबीच झडप भएपछि महानगरको वडा नम्बर ७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयरबीच वार्ता भइरहेको नगर प्रहरी निरीक्षक शिव ढकालले जानकारी दिनु भयो ।

काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकास्सी साततलेमा डोजर लगेपछि बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई स्थानीयले गुहारेका थिए । घटनास्थलमा मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पुगेका थिए ।

Skip This