अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएपछि प्रतीक थापा रिहा

नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएपछि प्रतीक थापा रिहा


काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका प्रतीक थापा बुधबार रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतले मंगलबार उक्त मुद्दामा फैसला सुनाउँदै थापासहित सात जनालाई आरोपबाट सफाइ दिएको थियो। अदालतको फैसलापछि पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका थापा बुधबार रिहा भएका हुन्।

कारागार प्रशासनले रिहाइअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग आवश्यक समन्वय गरेको थियो। दुवै निकायले आवश्यक पर्दा खोजेका बखत उपस्थित हुने सर्तमा कागज गराएपछि थापालाई रिहा गरिएको हो।

यस प्रकरणमा अदालतले प्रतीक थापासँगै रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई पनि सफाइ दिएको छ।

प्रतीक थापा नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीमाथि लगाइएका आरोपमा अदालतले प्रमाण नपुगेको ठहर गर्दै सफाइ दिएको हो।

Skip This