अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिको सभापतिमा एमालेका पोखरेल र साहद्वारा उम्मेदवारी

संसदीय समितिको सभापतिमा एमालेका पोखरेल र साहद्वारा उम्मेदवारी


काठमाडौं-नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ। पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेस सांसद राजेन्द्र केसी प्रस्तावक रहेका छन् भने एमाले सांसद दामोदर भण्डारी समर्थक रहेका छन् ।

पोखरेल मोरङ-२ बाट निर्वाचित सांसद हुन् ।

त्यस्तै महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँको प्रस्तावकमा कांग्रेस सांसद शान्ति बिक हुनुहुन्छ भने एमाले सांसद अस्मा कुमारी चौधरी समर्थक बन्नु भएको छ।  उहाँ रौतहटबाट निर्वाचित सांसद हुन्।

‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन्।

तस्वीरहरु