काठमाडौँ-३०० भन्दा बढी मानिसको ज्यान लिने गरी २०१६ मा बग्दादमा बम विस्फोट गराउने तीन जनालाई इराकमा मृत्युदण्ड दिइएको छ ।
त्यो घटना २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि बै सबभन्दा घातक थियो । घटनाको इस्लामिक स्टेट समूह (आईएस)ले जिम्मा लिएको थियो ।
इराकका प्रधानमन्त्री मोहम्मह शिया अल सुदानीको कार्यालयले फाँसी दिइएका व्यक्तिहरु कोको हुन् र उनीहरुलाई कहिले फाँसी दिइयो भन्ने बताएको छैन । प्रधानमन्त्रीले पीडित परिवारलाई बम आक्रमणमा संलग्नहरुलाई उचित सजाय दिइएको जानकारी दिएको कार्यालयले जनाएको छ ।
सरकारी स्रोतले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार फाँसी दिइएकामध्ये एक आईएसका मास्टरमाइण्ड मानिने गजवान अल जौबाई पनि छन् । उनी २०२१ मा पक्राउ परेका थिए ।






प्रतिक्रिया