अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी नेपाल रामेछाप बागमतीको उत्कृष्ट जिल्ला शाखा  

प्रेस चौतारी नेपाल रामेछाप बागमतीको उत्कृष्ट जिल्ला शाखा  


काठमाडौँ-प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीले रामेछाप जिल्लालाई उत्कृष्ट घोषणा गरेको छ । शनिबार काठमाडौँको कमलादीमा आयोजित बागमती प्रदेश कमिटीको कार्यालय उद्घाटन एवम् पुरस्कार घोषणा कार्यक्रममा प्रेस चौतारी नेपालले रामेछापलाई प्रदेशकै उत्कृष्ट जिल्ला घोषणा गरिएको हो।

कार्यक्रममा प्रेस चौतारी नेपाल बागमतीका अध्यक्ष शरद सापकोटाले रामेछापलाई उत्कृष्ट जिल्ला, दोलखाकी पत्रकार विनीता शिवाकोटी र मकवानपुरकी पत्रकार सरिता दाहाललाई प्रेस चौतारी बागमती पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने घोषणा गर्नुभएको हो । उहाँले आगामी कार्यक्रममा उहाँहरुलाई सम्मान एवम् पुरस्कृत गर्ने जानकारी दिनुभयो। 

रामेछापले केन्द्र र प्रदेशमा जारी सर्कुलर कार्यान्वयन, शाखा आफैँ क्रियाशील भएर रचनात्मक एवम् सांगठनिक गतिविधि अगाडि बढाएको, संगठन चलायमान भएको र समयमै साधारण सभा सम्पन्न गरेकाले यस वर्ष पुरस्कृत भएको हो। 

प्रदेश कमिटीले प्रत्येक वर्ष एक जिल्ला शाखा र दुई जना संगठनमा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने निर्णय भएको र त्यसका लागि प्रेस चौतारी बागमती पत्रकारिता अक्षय कोष स्थापना गरिएको कोषाध्यक्ष प्रज्वलन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल दुई लाख रुपैयाँ अक्षयकोषमा राखिने भएको छ।

Skip This