काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले –सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिनुभएको छ । मेयर बालेनकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै मेयर बालेनले सिंहदरबार जलाउने धम्की दिनुभएको हो । ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !,’ मेयर बालेनले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
मेयर बालेन समय समयमा सरकारमाथि खनिँदै आउनुभएको छ ।




प्रतिक्रिया