अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललिता निवास प्रकरणमा आजदेखि प्रतिवादीको थुनछेक बहस

ललिता निवास प्रकरणमा आजदेखि प्रतिवादीको थुनछेक बहस


काठमाडौँ-ललिता निवास जग्गा हिनामिना प्रकरणमा आजदेखि प्रतिवादीको थुनछेक बहस सुरु हुने भएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार आज चिया ब्रेकपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुने भएको हो ।  

जिल्ला अदालत काठमाडौँमा सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ ।  

अघिल्लो आइतबार सरकारी वकिलले सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३१० जनाविरुद्ध मुद्दा दायर गरेका थियो । 

पक्राउ परेकाहरूको सोमबार, मंगलबार, बुधबार र शुक्रबार बयान भएको थियो । उनीहरूको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको हो ।