अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले नेपालको चुच्चे नक्सा राख्न चीनलाई कूटनीतिक नोट तत्काल पठाउनुपर्छ: सचेतक बर्तौला

सरकारले नेपालको चुच्चे नक्सा राख्न चीनलाई कूटनीतिक नोट तत्काल पठाउनुपर्छ: सचेतक बर्तौला


काठमाडौँ-नेकपा एमालेका सचेतक महेश बर्ताैलाले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने बताउनु भएको छ। सचेतक बर्ताैलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सोबारे कूटनीतिक नोट तत्काल पठाउनुपर्ने बताउनु भएको हो। 

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमाले सचेतक बर्ताैलाले चीन सरकारलाई सो नक्सा सच्याउन नेपाल सरकारले अविलम्ब पहल गर्नुपर्ने बताउनु भयो।

चीनले नेपालको नक्सा पनि समेट्दा पुरानै नक्सालाई मान्यता दिनु दुःखद् भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कूटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताउनु भयो।

उहाँले नेपालको भूगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरु राष्ट्रलाई नभएको पनि बताउनु भयो।