अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालोसूचीमा परे १३ निर्माण कम्पनी

कालोसूचीमा परे १३ निर्माण कम्पनी


काठमाडौँ-सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । 

समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा राखिएको कार्यालयले जनाएको हो ।  

तीन निर्माण कम्पनीलाई तीन वर्ष, दुई निर्माण कम्पनीलाई दुई वर्ष, एउटालाई डेढ वर्ष र बाँकी सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।

कार्यालयका अनुसार कालोसूचीमा परेका निर्माण कम्पनीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।