अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्रिश्चियन धर्मको प्रचार गर्दै हिड्ने दुईजनालाई जनकपुरमा कालोमोसो दलियो

क्रिश्चियन धर्मको प्रचार गर्दै हिड्ने दुईजनालाई जनकपुरमा कालोमोसो दलियो


काठमाडौं – जनकपुरमा क्रिश्चियन धर्मको प्रचार गर्ने दुई जनालाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् ।

नाम नखुलेका एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेका हुन् ।

हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनीहरुलाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिनुभयो ।

अहिले दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।उनीहरुको ठाउँ ठेगाना कहाँ हो भन्ने खुलेको छैन ।

एक महिला र पुरुषलाई अहिले भर्खर ल्याएको र थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।