अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६० किलो सुन प्रकरण: पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

६० किलो सुन प्रकरण: पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान


काठमाडौँ-६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ। सीआईबीको अधिकारीहरूले पुनलाई कार्यालयमै बोलाएर बयान लिएका हुन् ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबी​ले दीपेशसँग सोमवार बयान लिएको हो।

‘दावासँगको कनेक्सन र अन्य सूचनाका आधारमा दिपेशसँग बयान लिइएको हो,’ प्रहरी उच्च स्रोतले लोकान्तरसँग भन्यो। सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा १०० जनाको सूची बनाएर अनुसन्धान गरिरहेको छ।

दीपेशसँग ४ घण्टा बयान लिइएको प्रहरी उच्च स्रोतले लोकान्तरलाई बतायो। सुन तस्करी प्रकरणमा दिपेशको नाम जोडिएसँगै उनीमाथि अनुसन्धान गर्न माओवादी पंक्तिमा दबाब परेको थियो। पुन माओवादी केन्द्रनिकट विद्यार्थी संकगन अखिल क्रान्तिकारीका नेता हुन् ।  

ठमेलमा होटल सञ्चालन गर्दै आएका छिरिङ साउन १४ गते पक्राउ परेका थिए ।

हालसम्म पक्राउ पर्नेहरुको सूचीः रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल ।