चीन-नेता जियाजुनले नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीविचको सम्बन्ध पुरानो र गहिरो भएको उल्लेख गर्दै भविष्यमा पनि दुई पार्टीविच ज्ञान, अनुभव र विचार आदनप्रदान जारी राख्नु पर्ने बताउनु भयो ।
नेता जियाजुनले गत साउन ७ देखि ९ गतेसम्म नेपाल भ्रमणको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो। सो भेटबारे उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक राष्ट्रवादी नेताको रुपमा पाएको स्मरण गराउनु भयो। गत साउनमा आफ्नो नेपाल भ्रमणको क्रममा नेपालीहरुको विकास र आर्थिक समृद्धिको तिव्र चाहना भएको पाएको उल्लेख गर्दै जियाजुनले नेपालको बिकासमा सहयोगको लागि चीन तत्पर रहेको बताउनुभयो।
आर्थिक विकासको लागि शहर र गाउँ, धनी र गरिविच असन्तुलनलाई हटाउन जरुरी रहेको उल्लेख गर्दै जियाजुनले यसको लागि छोङछिङको सफल अनुभव रहेको बताउनुभयो । उहाँले छोङछिङको सफल अनुभव र ज्ञान नेपालको आर्थिक विकासको लागि महत्वपूर्ण हुने भन्दै नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो।
उहाँले दक्षिण एशियाको गरिबी निवारणको लागि छोङछिङ केन्द्र रहेको उल्लेख गर्दै नेपालको समृद्धिको लागि कृषि, पर्यटन र उद्योगमा सहयोग गर्न तयार रहेको बताउनुभयो । धान उत्पादनको लागि छोङछिङ प्रसिद्ध रहेको बताउदै उहाँले नेपालको कृषिकाृ आधुनिकरणका लागि छोङछिङको ज्ञान र प्रबिधि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । कृषिको अध्ययन गर्नेलाई छोङछिङको विश्वविद्यालयमा छात्रवृत्ति र अनुभव तथा अनुसन्धान गर्नेलाई छोङछिङले अवलोकनको अबसर दिने बताउनुभयो।




प्रतिक्रिया