काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ।
बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार यादवलाई ट्रमा सेन्टरमा लगिएको छ।
रिपोर्टस क्लबको कार्यक्रम सकेर बाहिर निस्केका यादवमाथि खुकुर प्रहार भएको हो।
यादवको टाउकोमा चोट लागेको छ। ‘उहाँलाई टाउकोमा खुकुरी प्रहार भएको रहेछ, उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। बोल्न सक्नुहुन्छ,’ उहाँले भन्नुभयो।
यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। नुवाकोट घर भएका श्यामबाबु सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले किन सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गरेका हुन् खुलिसकेको छैन।




प्रतिक्रिया