काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर जानुभई दर्शन एवं प्रसाद ग्रहण गर्नुभयो।
सो अवसरमा उहाँलाई ललितपुर क्षेत्र-१ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायत निजामती कर्मचारी र स्थानीयवासी एवं भक्तजनले स्वागत गर्नुभएको थियो।
राष्ट्रपति पौडेलले सोही अवसरमा पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदाको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो। उहाँलाई महानगर प्रमुख महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराउनुभएको थियो। विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भीड लाग्ने गर्छ।







प्रतिक्रिया