अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघ कोशीको अध्यक्षमा अरुण गुरुङ निर्वाचित, अन्य पदाधिकारीमा को–को भए निर्वाचित ? 

युवा संघ कोशीको अध्यक्षमा अरुण गुरुङ निर्वाचित, अन्य पदाधिकारीमा को–को भए निर्वाचित ? 


विराटनगर–नेकपा एमाले निकट युवा संघ नेपाल कोशी प्रदेशको अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट संघको नयाँ कमिटी निर्वाचित गरेको हो । संघको अध्यक्षमा अरुण गुरुङ निर्वाचित हुनुभएको छ ।  

यस्तै उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिवमा विनोद राना सहसचिवमा निरजमान सिंह बस्नेत, सहसचिवमा शरण फागो र कोषाध्यक्षमा दीपेन्द्र तामाङ निर्वाचित हुनुभएको छ । अधिवेशनले साइबर सर्कल प्रमुखको जिम्मेवारी सागर पोखरेललाई दिएको छ ।

यस्तै महिला विभाग प्रमुखको जिम्मा पार्वती तामाङ र संगठन विभाग प्रमुखको जिम्मेवारी आनन्द राईलाई दिएको छ ।

अधिवेशनले मनोज रायलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । युथ फोर्स प्रमुखमा भने राजन बानिया निर्वाचित हुनुभएको छ ।