अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा सर्वदलीय बैठक जारी, प्रधानमन्त्रीको  चीन भ्रमणका विषयमा छलफल  

सिंहदरबारमा सर्वदलीय बैठक जारी, प्रधानमन्त्रीको  चीन भ्रमणका विषयमा छलफल  


काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्नुभएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी रहेको हो । 

बैठकमा पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत रहनुभएको छ । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा सल्लाह सुझाव लिनुभएको छ । यस्तै प्रधानमन्त्री प्रचण्डले साँझ परराष्ट्र विज्ञहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ ।  

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।