अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपाध्यक्ष नेम्वाङको निधनपछि एमालेका सबै कार्यक्रम स्थगित

उपाध्यक्ष नेम्वाङको निधनपछि एमालेका सबै कार्यक्रम स्थगित


काठमाडौँ-नेकपा एमालेले अर्को सूचना जारी नभएसम्मका लागि पार्टी र जनसंगठनका सबै कार्यक्रम  स्थगित गरेको छ । 

पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि एमालेले सबै कार्यक्रम स्थगित गरेको हो । एमाले कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म पार्टी र जनसंगठनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । 

उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने उहाँले जानकारी दिनुभयो । 

विज्ञप्तिमा भनिएको छ,’हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधनको जानकारी गराउनु पर्दा हामीलाई औधी पीडा भइरहेको छ । हाम्रो पार्टीका संसदीय दलका उपनेता तथा इलाम– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय नेम्वाङको आज बिहान १:४० बजे त्रि.वि. शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको छ ।’