अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङका दुवै छोरा विदेशबाट आइपुगे

नेम्वाङका दुवै छोरा विदेशबाट आइपुगे


काठमाडौं-दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट आइपुगेका छन्। कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा बेलायतबाट आज आइपुगेका हुन्। दुवै छोराहरूले च्यासस्थित एमाले पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिएका छन्। 

स्वर्गीय नेम्वाङका दुई छोरा र दुई छोरी छन्। जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् भने अरुको विवाह भएको छैन। मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन्।

कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्छन् । उनी केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका थिए। बुबाको निधनको खबर पाएपछि उनी भ्रमण रद्द गरेर तत्काल फर्किएका हुन्।

नेम्वाङलाई हृदयघात हुँदा घरमा श्रीमती र छोरीहरू थिए । छोरीहरूले उनलाई अस्पताल पुर्‍याएका हुन् ।

मंगलबार बिहान हृदयाघातबाट निधन भएका सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिनेछ । सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।