काठमाडौँ–आज काठमाडौँ उपत्यकाका केही खोला तथा नदीले जलसतह सतर्कता तह पार गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार मनोहरा खोलाले बालकुमारीमा जलसतह सतर्कता तह पार गरेको हो । बिहान साढे ४ बजेको समयमा मनाहराको जलसतह सतर्कता तह पार भएको महाशाखाले जनाएको छ ।
मनोहरामा जलसतह बढ्दो रहेको, बागमतीमा पनि जलसतह सतर्कता नजिक रहेको, काठमाडौँ उपत्यकाको बागमती र यसका सहायक नदीतटीय क्षेत्रमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
गएराति उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धाप ड्याम वर्षामापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको छ । जसकारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको हो ।




प्रतिक्रिया