अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ र ललितपुरका केही क्षेत्रमा तीन दिन विद्युत् अवरुद्ध हुने

काठमाडौँ र ललितपुरका केही क्षेत्रमा तीन दिन विद्युत् अवरुद्ध हुने


काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ र ललितपुरका केही क्षेत्रमा लगातार तीन दिन विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले काठमाडौँका र ललितपुरका केही क्षेत्रमा शुक्रबार र शनिबार विद्युत् प्रसारण अवरुद्ध हुने जानकारी दिएको हो ।

प्राधिकरणले ६६ केभीको स्युचाटार–टेकु प्रसारण लाइन भोलि शुक्रबार बिहानदेखि आगामी सोमबार बिहानसम्म सट डाउन गर्ने जनाएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर चार्जसहितका कामका लागि उक्त प्रसारण लाइन बन्द गर्न लागिएको हो ।

यस्तै, प्राधिकरणले स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तथा स्युचाटार–केथ्री लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन हुने जनाएको छ ।

तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ ।