अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङप्रति एमाले अध्यक्ष ओलीले दिनुभयो अन्तिम श्रद्धाञ्जली

नेम्वाङप्रति एमाले अध्यक्ष ओलीले दिनुभयो अन्तिम श्रद्धाञ्जली


काठमाडौं–संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो।

पशुपति आर्यघाटमा अन्त्येष्टिअघि नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अध्यक्ष ओलीले अन्तिम श्रद्धाञ्जली दिनु भएको हाे।  

 नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उहाँलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले नेम्वाङलाई अन्तिम सलामी अर्पण गरेको थियो।

नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति छ। पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच छ। नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको छ ।

नेम्वाङको गत मंगलबार निधन भएको थियो। काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका उहाँलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

एक दिन एमाले केन्द्रीय कार्यालय च्यासलमा र अर्को एक दिन बालुवाटारस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखेपछि बिहीबार नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट पुर्याइएको थियो। बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसार प्रक्रिया पूरा गरेपछि नेम्वाङको शवयात्रा सुरु भएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

विशेष रुपले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखेपछि सुरुमा परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । त्यसपछि अन्य विशिष्ट व्यक्ति, र सर्वसाधारणले पुष्पगुच्छा चढाएर श्रद्धा व्यक्त गरेका थिए ।

cWoIf cf]nL–:j g]Djfªk|lt clGtd >4f~hnL lbg’x’Fb} sf7df8f}+, @* ebf} . g]skf Pdfn]sf pkfWoIf Pjd\ ;+ljwfg;efsf cWoIf ;’jf; g]Dafªsf] clGtd ;+:sf/sf] laxLaf/ kz’klt cfo{3f6df g]kfnsf] em08f cf]9fP/ >4f~hnL ck{0f ug{‘xF’b} kf6L{sf cWoIf Pjd\ k”j{ k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M /Tg >]i7÷ /f;;

Skip This