अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धार्मिक संस्थाले विरोध गरेपछि नाटक ‘ह राम पण्डित’को नाम ‘ह बिन्दु राम पण्डित’

धार्मिक संस्थाले विरोध गरेपछि नाटक ‘ह राम पण्डित’को नाम ‘ह बिन्दु राम पण्डित’


काठमाडौ-हिन्दु धार्मिक संघसंस्थाको विरोधपछि नाटक ‘ह राम पण्डित’को नाम परिवर्तन गरिएको छ। नाटकको शीर्षकले साम्प्रदायिक विद्वेष फैलाएको भन्दै हिन्दु जागरण पार्टी र शिव सेना नेपाल विरोधमा उत्रिएका थिए।

अब यो नाटकको नाम ‘ह बिन्दु राम पण्डित’ राखिएको छ। ती धार्मिक संस्थाको विरोधपछि बिहीबार नाटकको शो प्रभावित भयो। नाम परिवर्तन गरिएपछि शुक्रबार बेलुकादेखि नियमित मञ्चन गरिने शिल्पी थिएटर र निर्माण संस्था दैलो प्रोडक्सनले जनाएको छ।

भैरव अर्यालको कृतिमा आधारित भनिएको यो नाटकको निर्देशक बारत लिम्बू हुन्। उहाँले नाटकलाई लिएर भएको विवादमा प्रतिक्रिया दिन चाहनु भएन । तर सामाजिक सद्भाव कायम राख्न आफूहरुले नाटकको नाम परिवर्तन गरिएको दैलो प्रोडक्सनका म्यानेजर अनुराग ढकालले बताउनु भयो।

‘शीर्षकबाहेक अरु केही पनि परिवर्तन भएको छैन। हिजो केहीबेर डिस्टर्ब भयो,’ ढकालले भन्नुभयो, ‘अब नियमित नाटक मञ्चन हुनेछ।’ शिल्पी थिएटरले पनि सामाजिक सञ्जालमार्फत नाटकको नाम परिवर्तन भएको र अब नियमित मञ्चन हुने जनाएको छ। शिल्पीका अनुसार यो नाटक भदौ २७ देखि असोज १३ गतेसम्म नियमित मञ्चन हुनेछ।

हिन्दु धार्मिक संस्थाको विरोधपछि गत साता झरना थापा निर्देशित फिल्मको नाम परिवर्तन गरेर ‘एक भगवत् र एक गीता (सामाजिक कथा) राखिएको थियो ।