काठमाडौं-नेपालको राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्विर साथमा लिएर एकजना नेपाली १४ हजार ५ सय फिट उचाईबाट ‘स्काई डाइभिङ’ गरेका छन्।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का सुजन ओलीले अमेरिकाको न्युयोर्क सिटीबाट नेपालको झण्डा, समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाकार नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर फहराउदै ‘स्काई डाइभिङ’ गरेका हुन्।
उहाँले आफू शिवसताक्षी नगरबासी भएकाले शिवसताक्षी नगरपालिकाको तस्बिर र नेकपा एमालेको संगठित सदस्य भएकाले नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा नेपालको झण्डा लिएर ‘स्काई डाइभिङ’ गरको बताउनुभयो। १४ हजार ५०० फिट उचाईबाट ‘पाइलट’को सहायतामा ‘स्काई डाईभिङ्’ गरेको उहाँले जानकारी दिनुभयो।
नेपाली समयअनुसार आइतबार बिहान बजे ८ बजे उहाँले ‘डाईभिङ’ सफल गरेका हुन् । ‘मरेको थिए भने पनि नेपाली भएकाले नेपालको राष्ट्रिय झण्डा, एमाले भएकाले पार्टी अध्यक्ष ओलीको तस्विर र शिवसताक्षी नगरबासी भएकाले नगरको तस्विर साथमा रहेकाले परिवारको गुनासो हुँदैन थियो,’ उहाँले भन्नुभयो।

सानैदेखि हक्की स्वभावका ओली नेपालका विभिन्न ठाउँबाट बञ्जीजम्प र प्याराग्लाईडिङ गरिसक्नु भएको छ । उहाँले यसअघि पनि अमेरिकाका विभिन्न सहरहरुबाट जोखिमपूर्ण खेल खेल्दै आउनु भएको थियो।
‘अमेरिकाको न्युर्योक सहरबाट नेपालको राष्ट्रिय झण्डा फहराउदै १४ हजार ५ सय फिटमाथिबाट स्काई डाईभिङ गर्ने म सम्भवतः पहिलो नेपाली हुँ,’ उहाँले दाबी गर्नुभयो।
लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग नेपालकै हो भनि नेपालको नक्सामा समेटेर प्रकाशित गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको सम्मानका लागि ‘स्काई डाइभिङ’ गरेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ती भूभाग समेटर भारतका अगाडि नक्सा सार्वजनिक गर्नु चानचुने मुटु हुनेले सक्दैन। मैले ज्यानको कुनै परवाह नगरी पूर्व प्रधानमन्त्री ओलीको निर्भिकताको सम्मानका लागि सफल ‘स्काई डाइभिङ’ गरेको हुँ।’
केपी ओली पहिलो पटक प्रधानमन्त्री भएको वेला उहाँले ‘स्काई डाइभिङ’ गर्ने योजना बनाएका थिए । ८ वर्ष पछि आफ्नो लक्ष्य पुरा भएको उहाँले बताउनु भयो।









प्रतिक्रिया