अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको छ: अध्यक्ष ओली

सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताउनु भएको छ।

आज आइतबार पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘बढ्दो महङ्गी र उपभोक्ता हितको सवाल’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्सारबाट पटक–पटक सुन तस्करी भएको र सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘साढे ९ केजी सुन पक्राउ गर्यो त्यो कहाँ गयो ? के भयो ? अत्तोपत्तो छैन । बजारले त्यसलाई सामान्य रुपमा लिएको छ। भन्सारमा पक्राउ पर्यो त्यो अलपत्र अलपत्र सक्यो। बाउछोरा केके भयो । २९४ पटक सम्पर्क भएको देखियो। भन्सारमा कुदेर गएको पाइयो । यो छाड्देउ भनेको पाइयो । तर पनि केही पनि होइन । लाञ्छित कसलाई गर्ने भन्ने उहाँहरुको पोलिटिकल एजेण्डा छ ।’

उहाँले संसदमा पशुपतिमा सुन भनेर पित्तल लगाइयो भन्ने हल्ला चलाएर एरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ल्याएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारसँग सुन गाल्ने मेसिन एउटा छ। सरकारको पखेटा भन्ने कि के तिनिहरुसँग पहिले चारवटा भेटियो। अहिले एउटा गरी पाँचवटा मेसिन भटियो। गैरसरकार भन्ने कि तस्कर भन्ने अब।’
अध्यक्ष ओलीले १०० किलो सुन घटाएर ६१ किलोमा झारेको आरोप लगाउनु भयो ।

मुलुकमा सुशासन कायम हुन नसक्दा कालोबजारी, कृत्रिम मूल्य वृद्धि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा उहाँको थियो ।