अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान

सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान


काठमाडौं-सभामुख देवराज घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार साँझ आयरल्याण्ड प्रस्थान गर्नुभएको छ।
आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गर्नुभएको हो।

सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई रहनुभएको छ। आयरल्याण्डमा नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल प्रतिनिधि मण्डलमा सहभागी हुनुहुनेछ।


त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम लगायतका उच्च अधिकारीले सभामुखको टोलीलाई बिदाइ गरेको थियो।

भ्रमणका क्रममा सभामुख घिमिरेले तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सभामुखले आयरल्याण्डमा रहँदा आइरिस सरकारका पदाधिकारीहरु तथा त्यहाँ बसोबास गर्ने नेपाली समूदायसँग पनि भेट्नु हुनेछ।
औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ।