अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यती एयरलाइन्सको पोखरामा रात्री उडान सुरू

यती एयरलाइन्सको पोखरामा रात्री उडान सुरू


काठमाडौँ–पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एयरलाइन्सले रात्रिकालिन उडान (आई एफ आर उडान) सुरु गरेको छ। सो एयरलाइन्सले आजदेखि काठमाडौँ–पोखरा रात्रिकालीन उडान सुरु गरेको हो।

पोखरा अन्तरास्ट्रिय विमानस्थलमा यस अघिनै रात्रि उडानको सुविधा भएपनि यतीले आजबाट लागू हुनेगरि रात्रि उडान शुरु गर्न लागेको हो।

रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५: ३० बजे उडान नं एनवाईटि ६८३ र पोखरा बाट साँझ ६ः २० बजे उडान नं एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनु भयो ।

रात्री उडानमा यात्रु संख्या बढ्दै गएमा उडान संख्या अझै बढाउने योजना रहेको प्रवक्ता बर्तौलाले बताउनु भयो। उहाँले भन्नुभयो, ‘चाँडबाँड सुरु भएका छन्। अब यात्रु थपिने सम्भावना छ। यात्रु बढेको खण्डमा दिउँसोको साटो बेलुकीको उडान थपिनेछन । हालका लागि बेलुकीको उडान एउटा मात्र थपिएको छ। अब आवश्यकता अनुसार उडान थपिनेछ।’ अहिले पोखरासम्मको स्थलमार्गको यात्रा झन्झटपूर्ण रहेकोले पनि यात्रुले हवाई यात्रा खोज्न थालेको उहाँले बताउनु भयो।

यतीसँग अहिले पाँचवटा एटिआर ७२ जहाज छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि यतीले बल्ल रात्री उडान थालेको हो। यसअघि बुद्ध एयरले भने नियमित रुपमा रात्री उडान गरिरहेको छ।

Skip This