अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


काठमाडौँ–हाल  मनसुनको  न्यून  चापीय  रेखा    सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ ।  जसको प्रभावले  देशका  पहाडी  भूभागको  थोरै  स्थानहरूमा  र  बाँकी  भूभागको  एक–दुई  स्थानमा  चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर  आंशिकदेखि  सामान्य  बदली  रहनेछ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  केही  स्थानहरूमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ ।

आज राति  देशको  पहाडी  भूभागको  थोरै  स्थानहरूमा  र  बाँकी  भूभागको  एक–दुई  स्थानमा चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको छ ।