काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको सर्भरमा समस्या देखिएको छ ।
आज बिहानदेखि सर्भरमा समस्या देखिएपछि विमानस्थलको अध्यागमन प्रभावित भएको हो । सर्भरमा समस्या देखिएपछि यात्रुहरू मारमा परेका छन् ।
विभागका अनुसार सर्भरमा समस्या आएपछि यात्रु चेक जाँचपास बिहान करिब दुई घण्टा प्रभावित भएको थियो ।
यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको छ । तर, यसैका कारण कुनै पनि उडान भने प्रभावित नभएको विभागको भनाई छ ।
समस्या के कारणले आएको हो भन्ने विषयमा जाँच भइरहेको विभागले जनाएको छ ।






प्रतिक्रिया