अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीलाई रविको प्रश्न: सुन तस्करीमा मुछिएका सत्तारुढ नेतालाई सुनपानी छर्कन खोज्नुभएको हो ?

गृहमन्त्रीलाई रविको प्रश्न: सुन तस्करीमा मुछिएका सत्तारुढ नेतालाई सुनपानी छर्कन खोज्नुभएको हो ?


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले ६० किलो सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरुमाथि गहिरो अनुसन्धान नभएको बताउनु भएको छ।

आज आइतबार सिंहदरबारबमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा उहाँले कता अलमिलियो भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्नुभयो।

उहाँले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरुले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गर्नुभयो। उहाँले शंकाको घेरामा रहेका व्यक्तिहरु मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उहाँले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनि आशंका व्यक्त गर्नुभयो।

सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले सुन पानी छर्किने काम गरेको बताउनु भयो । उहाँले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरुपण पनि आलोचित हुनसक्ने बताउनु भयो ।

Skip This