अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखाको लामाबगरबाट ४ किलो सुन बरामद

दोलखाको लामाबगरबाट ४ किलो सुन बरामद


काठमाडौं-दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ। बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो। योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ।

सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो। प्रहरी स्रोतका अनुसार, यो सधैं बन्द रहने नाका भए पनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरु आवतजावत गर्ने गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले ३ भदौमा रसुवागढी नाकाबाट आएको दुई र १३ असोजमा १ किलो सुन समेत बरामद गरेको छ।