काठमाडौँ–नेपालमा बुधबारसम्म वर्षाको सम्भावना रहेको छ । जसले गर्दा अबका तीन दिन देशभरका नदीमा बहाव बढ्ने पूर्वानुमान छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज झापा, मोरङ, उदयपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, गोरखा, लमजुङ, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कपिलवस्तु, दाङ र प्युठान आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने छ ।
भोलि र पर्सि पश्चिम राप्ती, बबई र तिनाउका साना सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
यस्तै, भोलि र पर्सि लुम्बिनी र गण्डकी प्रदेश भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।






प्रतिक्रिया