अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङ भूकम्प: ६ जना घाइते, राजमार्ग अवरुद्ध

बझाङ भूकम्प: ६ जना घाइते, राजमार्ग अवरुद्ध


बझाङ-सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन्।

बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रज्वलन महर्जनले जानकारी दिनुभयो। 

बझाङमा भूकम्पबाट घाइते भएकाहरू ५ जना बालबालिका हुन् । घाइतेहरूको अवस्था सामान्य छ । 

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा पहिरो खसेको छ। पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको एसएसपी महर्जनले बताए । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको थियो।