अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उत्तेजक धार्मिक अभिव्यक्ति दिँदै हिँडेका श्रीनिवास आचार्य पक्राउ

उत्तेजक धार्मिक अभिव्यक्ति दिँदै हिँडेका श्रीनिवास आचार्य पक्राउ


विराटनगर-उत्तेजक अभिव्यक्ति दिएर र हिंसा मच्चाउन खोजेको आरोपमा श्रीनिवास पक्राउ परेका छन् ।

पछिल्लो समय धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिइरहेका श्री निवासचार्य उर्फ दिनेश पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। 

उनलाई सुनसरीको प्रकाशपुरबाट केन्द्रीय अनुसन्धान ब्यूराे र क्षेत्रीय अनुसन्धान ब्यूरो रिटको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले भने उनलाई पक्राउ गर्नुको कारणबारे खुलाएको छैन।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार सामान्य सोधपुछको लागि ल्याइएको हो।

सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य ०७४ चैत २५ गते आफैलाई गोली हान्न लगाइ धार्मिक द्वेष फैलाउन खोजेको अभियोगमा पक्राउ परेका थिए ।

उनले तीनदिनअघि जनकपुरमा आयोजित गौहत्याको विरोधमा आयोजित कार्यक्रममा गाई काट्नेहरूकाविरुद्ध खुकुरी लगेर काट्न भन्दै उत्तेजित भाषण गरेका थिए। 

के भनेका थिए श्रीनिवासले जनकपुरमा?
हिन्दू राष्ट्र र गौहत्याको आन्दोलनमा १० वर्षअघिदेखि लागिरहेको छु। वैदिक सनातन धर्मावलम्बीहरू जिन्दावाद र मुर्दावाद मात्र भनेर हुँदैन, एकजुट हुनुपर्ने भएको छ। हाम्रो गौ मातालाई धरानमा काटिरहेका छन्, भोजपुरमा काटिरहेका छन्। झापामा काटिरहेका छन्। हामी केवल घाममा हिँडेर मात्रै गौमाता बाँच्ने छैनन्।

यदी हामी गुरुहरूले नै हतियार उठाउनुप¥यो भने ठिक हुँदैन। हामी अनुरोध गर्छौं, जसले हाम्रो गौमातालाई काट्छ त्यसलाई खुकुरी लिएर गएर काटिदिनुस्। हाम्रो धर्म र शास्त्रले गाई र माई समान रुपले हेर्छ। 

हामी गाइ खान्छौं भनेर भन्दा यो देशको गृह प्रशासन मौन छ। के यो देशमा कानुन छ? 

Skip This