अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी प्रकरणमा सीआईबीले लियो माओवादी उपाध्यक्ष महरासँग बयान

सुन तस्करी प्रकरणमा सीआईबीले लियो माओवादी उपाध्यक्ष महरासँग बयान


काठमाडौँ–सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ ।  

भेपमार्फत् सुन तस्करी प्रकरणमा सीआईबीले सोमबार पूर्वसभामुख महराको बयान लिएको हो ।  

महराका छोरा राहुल महरा साउन १३ गतेदेखि थुनामा छन् ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग  महरा बाबु छोराको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क रहेको बताइएको छ ।